मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न प्रेस काउन्सिलका आह्वान

शनिबार, माघ २८, २०७९

काठमाडौँ । छापा तथा डिजिटल माध्यमहरुमा मदिरा था सुर्तीजन्य पदार्थको विज्ञापन बग्रेल्ती प्रकाशन भएको पाइएपछि प्रेस काउन्सिल नेपालले मदिरा, चुरोट, सुर्ती  तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार नगर्न÷नगराउन सञ्चारमाध्यमलाई आह्वान गरेको छ । शुक्रबार ठूला छापा माध्यमहरुमा ्मदिरा तजा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशित भएका थिए ।
प्रेस काउन्सिलले विज्ञप्ति नै प्रकाशित गरी छापा माध्यमसहितका  मिडियाहरुलाई मदिरा तथा सुर्तीजन्य पदार्थको विज्ञापन प्रकाशित नगर्न सम्झाएको हो ।
काउन्सिलका सहप्रवक्ता एवं सूचना अधिकारी रामशरण बोहराले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्यजस्ता पदार्थले जनस्वास्थ्य प्रतिकूल गराउने भएकोले विज्ञापन सामग्रीको प्रचार रोक्न सञ्चारमाध्यमलाई सचेत गराइएको छ ।  

https://www.presscouncilnepal.gov.np/np/wp-content/uploads/2023/02/press-bigyapti-2079-10-26.jpg
सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको छ ।
“जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायत मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ”, विज्ञप्तिमा भनिएको छ, “यसविपरीत विभिन्न सञ्चारमाध्यम, सामाजिक सञ्जाललगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचारप्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यसकिसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न÷नगराउन सम्पूर्ण सञ्चारमाध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ ।”
काउन्सिलले पछिल्लो समय प्रकाशित सामग्रीलाई लिएर प्रेस स्वतन्त्रताको हनन हुने किसिमबाट गालीगलौज गर्ने, धम्की दिने कार्य हुने गरेकोप्रति काउन्सिलको ध्यानाकर्षणसमेत भएको जनाएको छ ।
त्यस्तै कतिपय स्वास्थ्य तथा आर्थिक क्षेत्रतर्फ केन्द्रित सञ्चारमाध्यमबाट पर्याप्त आधार÷कारण र प्रमाणबिनै सम्बन्धित निकाय वा पक्षको भनाइलाई स्थान नदिई एकपक्षीय सामग्री सम्प्रेषण गर्ने गरेको भनी गुनासा आउन थालेकाले त्यस्तो प्रवृत्ति रोक्न समेत भनिएको छ । “यसतर्फ पनि पत्रकारिताको पेसागत आचारण कायम राख्न र गैरपेसागत क्रियाकलाप नगर्न÷नगराउनतर्फ सम्बन्धित पक्षलाई सचेत गराउँदछौँ,” विज्ञप्तिमा भनिएको छ ।

 

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  ०५:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार