सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । लगभग छिन्न भिन्न भएको विवेकशील साझा पार्टी पुन संगठित हुने प्रयास थालेको छ । त्यसका लागि उसले शुक्रबार पहिलो महाधिवेशन गरिरहेको छ । विवेकशील साझाको प्रथम महाधिवेसन काठमाडौंमा सुरू भएको हो । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको सो महाधिवेसनको नयाँ नेतृत्व चयन गर्नेछ । शनिबारसम्म चल्ने महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गर्नेछ । नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेताहरु समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा राखेका छन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्। पार्टी केन्द्रिय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको विवेकशीलले महाधिवेसनमा दाहालले राजनीतिक दस्तावेज पेस गर्नेछन भने प्रस्तावित विधान भने रमेश पौडेल पेस गर्ने मिलन पाण्डेले जानकारी दिए । महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ। महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन् ।