भृकुटीमण्डपमा क्यान इन्फोटेक सुरु, हार्डवेयर र सफ्टवेयरका स्टलमा आकर्षण

मंगलबार, माघ २४, २०७९

काठमाडौँ । ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनी भृकुटीमण्डपमा आजदेखि सुरु भएको छ । सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला विकास क्रमबारे उपभोक्तालाई एउटै छातामुनि बुझ्न सजिलो तुल्याउने हिसाबले क्यान इन्फोटेक आयोजना गर्ने गरिन्छ । उपभोक्ताले पनि यसबाट लाभ लिने गरेको स्टल सञ्चालकहरुले बताउने गरेका छन् ।  
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त प्रदर्शनी उद्घाटन गरिन् ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रका विभिन्न उत्पादन र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित प्रदर्शनी माघ २९ गतेसम्म चल्नेछ । प्रदर्शनीमा सूचना तथा प्रविधि क्षेत्रका हार्डवेयर, सफ्टवेयर, इन्टरनेट सेवा प्रदायक,  मोबाइल तथा मोबाइल एक्सेसरिजलगायत कम्पनीका दुई सयभन्दा बढी स्टल राखिएका छन् । माघ २५ देखि २८ गतेसम्म हरेक दिन आइसिटी सेमिनार सञ्चालन गरिने क्यान महासङ्घले जनाएको छ । क्यान इन्फोटेकमा विभिन्न प्रविधिका वस्तु तथा सेवाको ब्रान्डिङ, प्रडक्ट लन्चिङ, विद्यार्थीका लागि आइटी करियर काउन्सिलिङलगायत कार्यक्रम समावेश गरिएको छ । यसपटकको प्रदर्शनीमा नेपाली इनोभेसन, प्रतिभा र स्टार्टअपलाई प्राथमिकतामा राखिएको र  करिब साढे तीन लाखजनाले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार