युएसएआइडीका प्रशासक समान्था पावर नेपालमा आजै प्रधानमन्त्रीलाई भेट गर्ने

अमेरिकी सरकारका उच्च अधिकारीद्धारा नेपालमा एकपछि अर्काे भ्रमण 
मंगलबार, माघ २४, २०७९

काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वमा नयाँ सरकार गठन भएसँगै अमेरिकाले नेपालसँगको सम्बन्धलाई महत्वका साथ हेरेको छ । अमेरिकी सरकारकातर्फबाट एकपछि अर्काे महत्वपूर्ण भ्रमणहरु भइरहेकाले प्रचण्ड सरकारलाई अमेरिकाले महत्व दिएको रुपमा विश्लेषण गरिएको छ । ‘प्रचण्ड नेतृत्वको सरकार गठनपछि नेपाल भ्रमणमा आउने उनी पहिलो विदेशी उच्च अधिकारी हुन् । उनी अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी सदस्य पनि हुन् । सामन्था पावर अमेरिकी मन्त्रीसरहको मर्यादामा छिन् । नेपाल–अमेरिका सम्बन्धको ७५ वर्षको साझदारीका अवसरमा पावर नेपाल भ्रमणमा आएकी हुन् ।
यूएसएआईडीकी प्रमुख सामन्था पावर मंगलबार काठमाडौँ आइपुगेकी हुन् । पावरले आज प्रधानमन्त्री प्रचण्ड, परराष्ट्रमन्त्री डा. विमला राई पौडेल र अर्थमन्त्री विष्णु पौडेलसँग भेट्ने कार्यक्रम छ । पावरले नेपाल भ्रमणका क्रममा नागरिक अभियन्ताहरू, विभिन्न समुदाय, सरकारी अधिकारी र विद्यार्थीहरूसँग विभिन्न विषयमा अन्तर्क्रिया गर्नेछिन् । भेटवार्ताको अवसरमा यूएसएड र अर्थ मन्त्रालयबीच ५ वर्षभित्र खर्च गर्ने योजनासहित गत वैशाखमा हस्ताक्षर भएको सम्झौताअनुसार प्राप्त हुने ८० अर्ब रुपैयाँको अनुदान सहायता परिचालनबारे छलफल हुने बताइएको छ ।  नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता अनुमोदन गरेपछि अमेरिकी अधिकारीहरुको नेपाल आगमन बढेको छ ।  गत साता मात्रै अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड २ दिन काठमाडौँमा बिताएर फर्केकी छिन् ।  त्यसलगत्तै अमेरिकी मन्त्रीसरहको हैसियतमा रहेकी पावर नेपाल आएकी हुन् । सामान्था पावरको भ्रमण भने २ दशक यता अमेरिकाबाट नेपालमा भएको उच्चस्तरीय भ्रमण हो ।  सन् २००२ मा तत्कालीन विदेशमन्त्री कोलिन पावेल नेपाल भ्रमणमा आएका थिए । त्यसयता त्यसतहको भ्रमण अमेरिकाबाट नेपालमा भएको थिएन ।  प्रशासक पावरले युएसआइडीले लोकतान्त्रिक र समृद्ध नेपाललाई सहयोग गर्न स्थानीय समुदायहरूसँग साझेदारी गरिएका सम्बन्धमा नजिकबाट नियाल्ने छिन् ।
 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार