माओवादी सहभागी भएपछि मधेश प्रदेश सरकारले पायो पूर्णता 

माओवादीका मन्त्रीहरुले लिए शपथ
मंगलबार, माघ २४, २०७९

जनकपुरधाम । मधेश प्रदेश सरकारका नयाँ मन्त्रीहरुले आज शपथ ग्रहण गरेका छन् । सरोजकुमार यादव नेतृत्वको सरकारमा उद्योग, पर्यटन तथा वन मन्त्रीका रुपमा सुनिता यादवले आज शपथ लिएकी हुन् ।  यस्तै, रहबर अन्सारीले राज्यमन्त्रीको शपथ लिएका छन् । यादव र अन्सारी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् । आफूले पाउने मन्त्रालयको संख्या विषयमा विवाद हुदाँ मधेश प्रदेश सरकारमा माओवादी केन्द्र सहभागी भएको थिएन । मधेश प्रदेशमा माओवादीले दुईवटा मन्त्रालय मागेको थियो । भागबण्डा नमिलेपछि मुख्यमन्त्री यादवले माओवादीलाई एउटा मन्त्री र एउटा राज्यमन्त्री दिएका थिए । जसका कारण माओवादीले मन्त्रिमण्डल विस्तार बहिष्कार गरेको थियो । अहिले भने केन्द्रबाट नै सरकारमा सहभागी हुने निर्णय भएर मन्त्रीहरुको शपथग्रहण भएको हो । 
गत शुक्रवार ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका थिए । जसमा सुरिता साहले सामाजिक विकास, महेश यादवले शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य, शत्रुध्नप्रसाद सिंहले गृह तथा संचार, मो. जैयद आलमले महिला बालबालिका युवा तथा खेलकुद, सिंगासन सा कलवारले खानेपानी तथा उर्जा र राजकुमार लेखीले कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा शपथ ग्रहण गरेका थिए ।
यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा शेष अबुल कलाम आजाद, गृह तथा संचार राज्यमन्त्रीमा केशव राय र भूमी,  वयवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा संजयकुमार यादवले शपथ ग्रहण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार