राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले लिइन् शपथ

मंगलबार, माघ २४, २०७९

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनलाई राष्ट्रपति भनव शितल निवासमा राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले शपथ खुवाएका हुन् । शपथ लगत्तै संसद सचिवालयमा उनले कार्यभार सम्हाल्ने कार्यक्रम छ । उर्मिला सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन् । 

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार