Dashain Banner
Dashain Banner

एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशन २०८० सालको फागुनमा

सोमबार, माघ २३, २०७९

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेकोे पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरिएको उनले बताए ।
उनले भने, ‘आगामी २०८० साल फागुनभित्रमा राष्ट्रिय महाधिवेशन गर्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय भएको छ, सोहीअनुसार अगाडि बढ्छौं।’

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको हो । बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले बताए । आमचुनाव पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १२:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार