माओवादीको पदाधिकारी र स्थायी समिति बैठक स्थगित

बुधबार, माघ १८, २०७९

काठमाडौं । आन्तरिक गृहकार्य नपुगेको भन्दै नेकपा माओवादी केन्द्रको आज बस्ने स्थायी कमिटी बैठक स्थगित भएको छ । बैठक बिहीबार बस्ने गरी स्थगित भएको माओवादीले जनाएको छ ।  पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक तयारी नपुगेको कारण बैठक स्थगित गरिएको बताइएकाे छ ।
माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको थियो । आज १२ बजे पदाधिकारी बैठक र त्यसलगत्तै स्थायी कमिटी बैठक बस्ने कार्यतालिका रहेको थियो । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले संसद बैठकका कारण पार्टीका बैठक स्थगित भएको जानकारी दिए । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दै छ । पदाधिकारी बैठक नबस्ने र स्थायी समितिको बैठक भने भोलि ११ बजे बस्ने छ ।
१२ माघदेखि सुरु भएको माओवादी स्थायी समिति बैठकले पार्टी एकता, संगठन बिस्तार र नेताहरुको कार्यविभाजनबारे निर्णय लिने बताइएको छ ।
 

प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १२:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार