सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन् । सोही प्रयोजनका लागि आज निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक हुने थपलियाले बताए । उनका अनुसार निर्वाचनको मिति फागुन २५ वा २६ गते तोक्ने तयारी छ । ‘फागुन २५ देखि चैत १० भित्र राष्ट्रपति र उपराष्ट्रपति दुवैको निर्वाचन सम्पन्न गर्छौं,’ उनले भने ।