सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आर्थिक संकटले घेर्न थालेपछि मानिसहरुले त्यसको समाधानका रुमपा आत्महत्याको सहरा लिन थालेको घटनाक्रमहरुले देखाउन थालेका छन् । आर्थिक संकटले घेरिएकै कारण इलामका प्रेमप्रसाद आचार्यले आत्मदाहको प्रयास गर्दा उनको निधन भएको छ । आइतबार पनि पोखरामा पेट्रोल छर्केर आत्मदाहको प्रयास भयो । आज नेपालगञ्जमा पनि श्रीमति र छोरामाथि पेट्रोल छर्केर एक जना अधवैंसेले आगो लगाउँदा छोराको मृत्यु भएको छ । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको आज विहान मृत्यु भएको छ । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । आइतबार साँझ कोहलपुर(१ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरालाई पेट्रोल छर्केर आगो लगाएका थिए । बुवाले लगाएको आगोले जलेर प्रिन्सको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको हो । कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्दथे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो ।