सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सभापतिमा पुनःस्थापित गर्ने भएको छ । त्यसका लागि आजै केन्द्रीय समिति बैठक डाकिएको छ । बैठकले उनलाई सभापति बनाउने तयारी गरेको हो । दिउँसो साढे तीन बजे केन्द्रीय समिति बैठक बोलाइएको छ । बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने रास्वपाको तयारी छ । शुक्रबार बसेको वैठकले डीपी अर्याललाई कार्यवाहक सभापति र पार्टी संसदीय दलको जिम्मेवारी दिएको थियो ।