सोसल मिडिया
Contact Us
युनिकोड
पोखरा । पोखरामा पनि आत्मदाहको प्रयास भएको छ । केही दिनअघि नयाँ बानेश्वरस्थित संसद भवन अगाडि आफैंमाथि आगो लगाएर आत्मदाह गरेका इलामका ३७ वर्षीय प्रेमप्रसाद आचार्यको मृत्युपछि उक्त घटना सेलाउन नपाउँदै अर्को घटना सार्वजनिक भएको छ । आज आइतबार पोखरा महानगरपालिका वडा नम्बर १३ स्थित काहुँखोलामा आत्मदाहको प्रयास भएको छ । उनीहरुको उद्धार गरि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका इन्पेक्टर सुवास तिमिल्सिनाले जानकारी दिएका छन् । काहुँखोला बस्ने संगीता सापकोटा र कृष्णबहादुर क्षेत्रीलाई जल्दै गरेको अवस्थामा छिमेकीले उद्धार गरेका अस्ताल पु¥याएका हुन् । शरीरमा आगो लागिरहेको बेला छिमेकीहरुले उद्धार गरी दुवै जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि पठाएका हुनु । कृष्णबहादुर क्षेत्री बाथरुमभित्र आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेपछि सापकोटाले जोगाउँदा उनी पनि जलेको एक स्थानीयले जानकारी दिए । मादी गाउँपालिका स्थित तप्राङका कृष्णले आफ्नै शरीरमा आगो लगाएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनी बहालमा बस्दै आएका थिए । आगो लगाएका क्षेत्रीलाई बचाउन खोज्दा घरबेटी सुशीला सापकोटा पनि घाइते भएकी छन् । दुवैलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको वडाध्यक्ष बरालले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।