नेताहरूलाई प्रचण्डको व्रिफिङ, ‘ओलीको चौतर्फी घेराबन्दीमा सरकार छ’

माओवादी स्थायी कमिटीको बैठक
आइतबार, माघ १५, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चौतर्फी घेराबन्दी गरेको आरोप लगाएका छन् ।
उनले स्थायी कमिटीको जारी बैठकमा पदाधिकारीलाई यस्तो विवरण सुनाएका हुन् । यसअघि गत बिहीबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी ओलीले सहमति पालना नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । संसद् विघटनको विषय नउठाउने सहमति भएपनि संसद्प्रमा वेश गराएर ओलीले सहमति पालना नगरेको प्रचण्डको धारणा थियो । 
“विगतका कुरा सार्वजनिकरुपमा नउठाउने सहमति भएको थियो त्यो पालना भएन । हामीले त्यो विषय नबोल्ने भनेका थियौँ । संसद् विघटनको विषयमा त्यत्रो आन्दोलन गर्‍यौँ, अहिले त्यही ठिक थियो भन्न सकिँदैन” दाहालले बैठकमा भनेका थिए । 
एमाले र माओवादीबीच प्रधानमन्त्रीको शपथका दिन एक–एकजना मन्त्री पठाउने भनिए पनि एमालेले चारजना पठाएको भन्दै बैठकमा असन्तुष्टि पोखेका थिए । 
प्रचण्डले सभामुख र राष्ट्रपति अहिले एउटै पार्टीको बनाउने र भोलि प्रधानमन्त्री हुँदाको अवस्था अहिले नै मूल्यांकन गर्नुपर्ने भन्दै बैठकमा नेताहरुको सुझाव लिएका थिए । 
“सभामुख र राष्ट्रपति अनि भोलि प्रधानमन्त्री पनि एउटै पार्टीको हुने अवस्थामा गम्भीरताका साथ अहिले नै सोच्न जरुरी छ,” दाहालको भनाई थियो, “कांग्रेससहितले विश्वासको मत दिएका छन् । हामीले राष्ट्रिय सहमति जुटाउनुपर्ने अवस्था आउन सक्छ तर अहिले नै कांग्रेस वा एमालेको राष्ट्रपति भन्ने अवस्था चाहिँ छैन ।”
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार