नागरिकता लिन जिल्ला प्रशासन पुगे रवि लामिछाने

आइतबार, माघ १५, २०७९

काठमाडौं । सर्वाेच्च अदालतको संवैधानिक इजलासबाट नागरिकताविहीन भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीका निवर्तमान अध्यक्ष रवि लामिछाने नेपाली नागरिकताको प्रमाणपत्र लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा गर्न रवि आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका हुन् ।
अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले गत शुक्रबार रवि लामिछानेको सांसद पद खारेज गरेको थियो । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र रास्वपाको सभापति पद पनि गुमाएका थिए । 
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार