सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । तपाईं आफ्नो साथीलाई कत्तिको विश्वास गर्नु हुन्छ ? साथीलाई तौलेर विश्वास नगर्दाको पीडा अहिले ललितपुर खोकनाकी पुनम महर्जनले भोगिरहेकी छन् । पुनमले एउटै कार्यालयमा बिसौं वर्षसँगै काम गर्ने साथीलाई नचिन्दा परिवारको इज्जत दाउमा राख्नु परेको छ । पुनमलाई साक्षी राखेर उनकी साथीलाई रकम दिएका पुनमका साथीभाइले रकम फिर्ताका लागि दबाब दिन थालेका छन् । आर्थिक मामिलाको चर्काे दबाब पुनमले खेपिरहेकी छन् । कमलो मनकी पुनमलाई काभ्रे स्थायी घर भएकी साथीले सहजै बसमा पारे पटक पटक रकम लिएको पुनमसँग रहेका कागजातले देखाउँछ । साथीको समस्या फुकाउँदै जाँदा अहिले पुनम आर्थिक, मानसिक तथा पारिवारिक दबाबमा छिन् ।बिसौं वर्ष एउटै कार्यालयमा काम गरेको साथीले समस्या पर्यो भनेर रुँदा पुनमको कमलो मन पग्लिन्थ्यो, उनले पटकपटक साथीको गाह्रो अप्ठ्यारो फुकाउँदै सहयोग गर्दै आइन् । कतिपय समस्य उनी आफैंले समाधान गरिन् त कतिपय समस्या आफ्ना छरछिमेक तथा मिल्ने साथीहरूमार्फत समाधान गराइन् । तर पुनमको साथीको मन कालो रहेछ । उसको भित्री मकसद अर्कै रहेछ । अहिले पुनम आफ्नो कमलो मनका कारण उब्जिएको समस्या सामना गरिरहेकी छन् । हरेक परिस्थितिमा साथ दिनेलाई नै साथी भनिन्छ । तर, पुनमको हकमा भने यो भनाईको ठिक विपरीत काम भएको छ । पुनम र उनको साथीसँग जोडिएका समाचारहरू हामी तथ्यसहित श्रृखलावद्ध रुपमा दिनेछौं ।