दुईघण्टादेखि रोकिएको अन्तर्राष्ट्रिय उडान सुरु

शनिबार, माघ १४, २०७९

काठमाडौँ ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा दुई घण्टा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान सुरु भएको छ ।  अहिले ‘म्यानुअल्ली’ रुपमा अन्तर्राष्ट्रिय उडान भइरहेको छ । सबै सरकारी सर्भर डाउन भएकाले समस्या आएको अध्यागमन कार्यालयले जानकारी दिएको छ । उडान रोकिँदा यात्रुको व्यवस्थापनमा केही समस्या भएको थियो । विमानस्थलमा यात्रुको भिड बढेको छ ।  अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको थियो । केहीबेर अघि इण्डिगो एयरको जहाज भारतको नयाँदिल्ली उडेको छ भने फ्लाई दुबईको जहाज भर्खरै अवतरण गरेको छ ।

अध्यागमनको सर्भर डाउन हुँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनको ‘सर्र्भर डाउन’ हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको सर्भर बिग्रिँदा डेढ घण्टादेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
“सर्भर डाउन छ, अन्तर्राष्ट्रिय उडान हुनसकेको छैन । भित्रिने र बाहिरिने यात्रु जो जहाँ छन् त्यहीँ रोकिएका छन्, जहाज उड्न पाएका छैनन्”, उनले भने ।
महाप्रबन्धक ठाकुरले ‘म्यानुअल्ली’सञ्चालनका लागि आफूले आग्रह गरे पनि ‘अथोरिटी’ नभएको भन्ने जानकारी प्राप्त भएको बताए । यसअघि पनि यस्तो समस्या आउने गरेको उनी बताउँछन् ।
विमानस्थल कार्यालयका अनुसार अन्तर्राष्ट्रिय उडानका फ्लाई दुबई, इन्डिगो एयर इन्डियालगायत एयरलाइन्सका जहाजको उडान रोकिएको छ । अध्यागमन विभागले भने सबै सरकारी वेवसाइटमा समस्या आएको बताएको छ। राष्ट्रिय सूचना प्रविधि केन्द्रमै समस्या आएर सबै सरकारी वेबसाइट डाउन भएकाले अध्यागमनको वेबसाइट पनि नचलेको एक अधिकारीले बताए ।

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार