सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । शनिवार दिउँसोबाट अधिकांश सरकारी वेब साइटहरु डाउन भएका छन् । जिओभी डटकम डटएनपी सर्भर भएका सरकारी साइटहरुमा समस्या देखिएको हो । निर्वाचन आयोग, प्रधानमन्त्री कार्यालय, मन्त्रालयका साइट, विभाग तथा सरकारी कार्यालय, सातै प्रदेशका मुख्य मन्त्री कार्यालय जस्ता सरकारी साइटहरु शनिवार खुलेका छैनन्। संघीय संसदको साइटमा पनि समस्या देखिएको छ । नेपाली सेना, नेपाल प्रहरी लगायतका सुरक्षा निकायका साइटहरु भने खुलिरहेका छन् ।
राष्ट्रिय सूचना केन्द्रका सूचना अधिकारी रमेशप्रसाद पोखरेलले साइटहरुमा के कारणले समस्या देखियो भन्नेबारेमा अध्ययन भइरहेको जानकारी दिए । ‘प्राविधिक समस्या सुरुमै थाहा हुदैँन । सुरुमा नचलेपछि अट्याक आयो कि के भयो भन्ने शंका आशंका त भइहाल्छ। डिभाइसमा प्राविधिक समस्या भयो। त्यसपछि चलेन। प्राविधिक हरुले हेरेर अहिले काम गरिरहनुभएको छ’, उनले भने ।