५८ देशसँग पाक कलामा प्रतिस्पर्धा गर्दै नेपाली युवा

शुक्रबार, माघ १३, २०७९

ललितपुर । यही माघ १५ गतेदेखि २१ गतेसम्म इन्टरनेशनल हस्पिटालिटी काउन्सिल लन्डनको सक्रियतामा इन्टरनेशनल इनस्टिट्युट अफ होटल म्यानेजमेन्ट (आईआईएचएम) इन्डिया द्वारा आयोजित ‘योङ सेफ ओलिम्पियाड’ सञ्चालन हुँदैछ । यस कार्यक्रम सन् २०१५ बाट सुरु गरिएको हो । कार्यक्रममा ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले सुरूदेखि नै नेपालको प्रतिनिधित्व गर्दै आएको छ । अघिल्लो सिजनमा ईटलीले जितेको उक्त्त प्रतिस्पर्धामा फ्रान्स स्विजर्लण्ड्, मेक्सिको, क्यानडा, बेलाएत्, स्पेन्, सिङापुर तथा भारत लगाएत संसारभरिका ५८ वटा राष्ट्र सहभागी हुनेछन् । 
धेरै प्रतिस्पर्धी भएका हुनाले यो दिल्ली, बंगलौर, पुने, गोवा तथा हाइदरवादमा आयोजना गर्ने तयारी गरिएको छ ।
सन् २०२० मा नेपालको क्युलिनरी आर्टस् एन्ड हस्पिटालिटी म्यानेजमेन्टका छात्रा शबी राजबाहकले बेस्ट हाइजेनिक अवार्ड र राइजिङ स्टार अवार्ड हात पार्न सफल भइन् भने सन् २०२१ मा यस कलेजका छात्र अभया लिम्बुले ६० रास्ट्रहरु मध्ये १० औं स्थान हासिल गर्दै  बेष्ट किचन कट्स अवार्ड हासिल गरे । 
सन २०२२ मा यस कलेजका छात्र अजय पुनले बेष्ट हाइजिइन प्राक्टिक्स पुरस्कार प्राप्त गर्न सफल भएका थिए भने उक्त कलेजका प्रशिक्षक सूर्य महतले सबै भन्दा राम्रो मेन्टरको उपाधी पाएका भएका थिए ।
यस पटक  नेपालको प्रतिनिधित्व गर्दै उक्त कलेजका छात्र सुज्ञान थापाले प्रतिस्पर्धा गर्दैछन् । मेन्टरको भूमिकामा सेफ सूर्य महतनै प्रस्तुत हुँदैछन् । १८–२४ उमेर समूह होटल व्यावस्थापनका विद्यार्थीले भाग लिन सक्ने उक्त प्रतिस्पर्धाका लागि गत अक्टोबर महिनामा रजिस्ट्रेसन खुल्ला गरिएको थियो ।
प्रतिस्पर्धी राष्ट्रहरुलाई ६ वटा समूहमा विभाजित गरिएको छ । उक्त बिभाजन अनुसार नेपाल प्रथम समूहमा परेको छ । यो प्रतिस्पर्धाले संयुक्त राष्ट्र संघको ‘दिगो विकास लक्ष्य’ लाई प्रचार र प्रवर्धन गर्ने अपेक्षा गरिएको छ । कार्यक्रमको उदघाटन २९ जनवरीमा हुनेछ भने नेपालले ३० जनवरीमा प्रतिष्पर्धा गर्नेछ । बिजेताहरु मध्य प्रथम, द्वितीय र तृतियले क्रमशः स्वर्ण, रजत र कांस्य पदकका साथै ५,००० ३,००० र २,००० अमेरिकी डलर नगद पनि प्राप्त गर्नेछन् ।  
एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष अशेष महर्जनले युवा सफल भएमात्र रास्ट्र सफल हुने हुँदा पर्यटन होटल सञ्चालनमा अब्बल जनशक्ति उत्पादन गर्ने उद्देश्यले सो प्रतिस्पर्धामा भाग लिन लागेको जानकारी दिए । पत्रकार सम्मेलनमा मेन्टर सेफ सूर्य महत तथा प्रतिस्पर्धी बिद्यार्थी सुज्ञान थापाले देशको नाम उज्ज्वल बनाउन हौसला प्राप्त भएको बताएका थिए । सो कार्यक्रममा बरिष्ठ सेफहरु सन्तोश शाह, गोबिन्द नरसिंह केसी, रत्नबहादुर थापा, लक्ष्मण भण्डारी, बिक्रम थापा तथा भावी खनालले पनि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा ‘टिमुर’ नामक पुस्तकका लेखक प्रशान्त खनालले पनि आफ्नो मन्तब्य राखेका थिए । 
एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट सन् २०१० मा डिप्लोमा इन क्युलिनरी आर्टस् नामक कोर्सका साथ सञ्चालनमा आएको हो । उक्त कोर्सबाट अहिलेसम्म १००० भन्दा बढी नेपाली युवालाई रोजगारको बाटो देखाउन र करियर अगाडि बढाउन सहयोग पुग्दै आएको छ । उक्त कलेजले डिप्लोमा इन कलिनरि आर्ट्स (१ वर्ष), बिएचएम् (४ वर्ष), बिबिए (४ वर्ष), र एम बि ए (२वर्ष) का कार्यक्रम मार्फत नेतृत्व र उद्यमशीलता केन्द्रीत पठन–पठन गराउँदै आएको छ।
९ औं संस्करणको उक्त्त प्रतिस्पर्धाबाट विश्व सामु खानाको माध्यमबाट नेपाललाई चिनाउन ‘एकेडेमी अफ क्युलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट तथा सेन्टर फर लिडरसीप एण्ड इन्टरप्रेनरसिप’ कलेजले अवसरकार रुपमा लिएको अशेष महर्जनले बताए । 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १९:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार