सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए । केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो । काठमाडौँ महानगरले हटायो नौ हजार होर्डिङ बोर्ड काठमाडौँ महानगरपालिकाले तीन महिनामा नौ हजार होर्डिङ बोर्ड हटाएको छ । नियम विपरीत राखिएका र समयमै शुल्क नबुझाइएका होर्डिङ बोर्ड हटाइएको हो । महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ महानगरले बोर्ड हटाउन दैनिक नगर प्रहरी सहित चार टोली खटाएको छ । नयाँ बानेश्वर, कोटेश्वर, पुतलीसडक, बागबजार र महाराजगञ्ज क्षेत्रका अनधिकृत बोर्ड हटाइएको महानगरका राजस्व विभाग प्रमुख डा शिवराज अधिकारी जानकारी दिए । गत असोज ७ मा मापदण्ड बमोजिम राख्न मिल्ने र त्यसमा लाग्ने शुल्कसमेत उल्लेख गरेको र सोही अनुरुप नभएका बोर्डलाई ३० दिने सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई नै हटाउन आग्रह गरिएको थियो । महानगरले आर्थिक ऐन–२०७९ बमोजिम छ वर्ग फुटसम्मको वार्षिक पाँच सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । त्यसैगरी १५ वर्ग फुटसम्मका लागि एक हजार पाँच सय र १५ वर्ग फुटदेखि ३० वर्ग फुटसम्मका बोर्डको प्रति वर्गफुट एक हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । महानगरले सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ शीर्षकमा राजस्व असूल गर्दै आएको छ । विभिन्न स्थानमा राखिएका बोर्डबाट असूल उपर हुने रकम व्यवसाय कर अन्तर्गत पर्दछ । चालु आर्थिक वर्षमा महानगरले व्यवसाय करको शीर्षकमा रू ५५ करोड लक्ष्य लिएकोमा पुस सम्म रु ३१ करोड ४२ लाख असूल उपर गरेको छ । लामो समयदेखि असूल हुन समस्या भइरहेको मनोरञ्जन कर पनि पछिल्लो समय सहज रुपमा उठिरहेको विभागको भनाइ छ । महानगरले पछिल्लो समय पटक(पटक ताकेता गरेपछि लामो समयदेखि उठ्न नसकेको बक्र्यौता रकम पनि असूल हुन थालेको बताएको छ ।