खुलारूपमा पेट्रोलियम पदार्थ बिक्रीवितरण गरे कारवाही 

बुधबार, माघ ११, २०७९

काठमाडौं । अब पेट्रोल पम्पबाट बोतल र जर्किनमा पेट्रोलियम पदार्थ खरिद गर्न पाइने छैन । प्रहरीले पेट्रोलियम पदार्थको खुल्ला रुपमा बिक्री वितरणमा रोक लगाएको छ । खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।
संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएपछि प्रहरीले बिक्री वितरणमा कडाइ गरेको हो । यसअघि महाराजगञ्ज तथा सिभिल मल अगाडि पनि शरीरमा पेट्रोल छर्केर आत्मदाहको घटना सार्वजनिक भएको थियो । 
शरीमा पेट्रोल छर्केर आत्मदाहको घटना बढेपछि प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरणमा रोक लगाएको हो । 
आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । 
अति प्रज्वलनशील पेट्रोलियम पदार्थलाई खुला रुपमा बिक्री गर्दा असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय एवंम भौतिक क्षतिसमेत हुने भएकोले यो सुरक्षा संवेदनशील विषय भएकोको प्रहरीको भनाइ छ ।
मंगलबार मात्रै संसद भवन अगाडि इलामका प्रेमप्रसाद आचार्यले पेट्रोलियम पदार्थ छर्केर आत्महादा प्रयास गरेका थिए । उनको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ ।
पेट्रोलियम पदार्थको खुलारूपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने भएकाले बिक्री वितरण नगर्न सतर्क गराएको हो । 
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौँका केही पेट्रोलपम्पबाट खुलारूपमा बोत्तल, जर्किनलगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन् । 

प्रकाशित मिति: बुधबार, माघ ११, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार