पोखरा विमान दुर्घटनामा ज्यान गुएका ६० जनाको शव परिवारलाई हस्तान्तरण

मंगलबार, माघ १०, २०७९

काठमाडौँ । पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ । दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाएको यती एयरलाइन्सले जानकारी दिएको छ । “आजसम्म ७० जनाको शव पोष्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँ र पोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ”,  यती एयरलाइन्सकाे विज्ञप्तिमा भनिएको छ ।
त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् । हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ । यस्तै, घटनास्थलबाट सङ्कलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अङ्गको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ ।
विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिनुहुन एयरलाइन्सले अनुरोध गरेको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार