पोखराबाट काठमाडौँ ल्याइएका ४८ शवको भोलिदेखि परीक्षण

मंगलबार, माघ ३, २०७९

काठमाडौँ । गत आइतबार काठमाडौँबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटिआर–७२–५०० विमान दुर्घटनामा परेर मृत्यु भएकामध्ये ४८ जनाको शव काठमाडौँ ल्याइएको छ ।
पोखराको सेती नदीको खोँचमा दुर्घटनाग्रस्त भएर निधन भएकामध्ये ४८ जनाको शव आज काठमाडौँ ल्याइएको यती एयरलाइन्सले जानकारी दिएको छ । आज दिउँसो नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत मृतकको शव काठमाडौँ ल्याइएको हो ।
४८ जनाको शव आज काठमाडौँ ल्याइए पनि शवको परीक्षण भने भोलि बिहानदेखि मात्रै सुरु गरिने छ ।  मृतकमध्ये कतिपय व्यक्तिको शव पहिचानसमेत हुन नसकेकाले डिएनएका आधारमा शव पहिचान गरेर परीक्षणपश्चात् एकैपटक मृतकका परिवार तथा आफन्तलाई शव हस्तान्तरण गरिने छ ।  चालकदलका सदस्यसहित ७२ जना सवार उक्त विमान दुर्घटनामा  ७१ जनाको शव फेला परेको छ । बाँकी एक व्यक्तिको खोजीकार्य जारी रहेको छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार