मधेशमा आज सभामुखको निर्वाचन हुँदै

मंगलबार, माघ ३, २०७९

जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखको निर्वाचन आज हुँदैछ ।
दिउँसो १ बजे बोलाइएको बैठकमा सभामुखको लागि मतदान र नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने कार्यक्रम रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
सोमबार नै सभामुखको निर्वाचन र मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यतालिका थियो तर पोखरामा भएको विमान दुर्घटनाका कारण सोमबार राष्ट्रिय शोकको बिदा घोषणा गरिएपछि बैठक स्थगित गरेको थियो ।
लुम्बिनीको उपसभामुखमा नागरिक उन्मुक्तिको उम्मेदवारी
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले लुम्बिनी प्रदेशको उपसभामुखमा छुट्टै उम्मेदवारी दिएको छ ।
सुदूरपश्चिम प्रदेशमा सभामुखको निर्वाचनमा सत्ता गठबन्धनलाई समर्थन नगरिरहेको नाउपाले लुम्बिनीको उपसभामुखमा निर्मला देवी थारु चौधरीलाई उम्मेदवार बनाएको हो ।
सत्ता गठबन्धनमा भएको भागवण्डाअनुसार लुम्बिनीको उपसभामुख राप्रपाकी मेनुका खाँण केसीले उम्मेदवारी दर्ता गरेकी छन् । केसीको प्रस्तावकमा माओवादी केन्द्रका इन्द्रजित थारु र समर्थकमा एमालेका चन्द्रकेश गुप्ता छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विश्वप्रेम पाठकलाई उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धनको प्रष्ट बहुमत भएकाले निर्वाचनबाट राप्रपाकी केसी उपसभामुख बन्ने पक्का जस्तै छ ।

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार