पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाको शव काठमाडौँ पठाइँदै

मंगलबार, माघ ३, २०७९

पोखरा । पोखरामा यती एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाइँदै छ । चिन्न नसकिने अवस्थाका, काठमाडौँ तथा आसपासका,  विदेशी नागरिक एवं चालक दलका सदस्यको शव काठमाडौं पठाउने तयारी गरिएको हो ।
पोखरा तथा आसपासका व्यक्तिको शव आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण भइरहेको छ । शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ । आज बिहान १०–११ बजेतिर शव काठमाडौँ पठाइने बताइएको छ ।

 

प्रकाशित मिति: मंगलबार, माघ ३, २०७९  ०८:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार