हवाई नीति परिमार्जन गर्न चिरीबाबु महर्जनकाे माग 

ललितपुर नगरप्रमुखद्धारा हवाई दुर्घटनाप्रति दुःख व्यक्त
सोमबार, माघ २, २०७९

ललितपुर । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले माघ १ गते भएको यति एयरलाइन्सको विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै हवाई नीति परिमार्जन गर्न माग गरेका छन् । 
सोमबार महानगरद्धारा जारी विज्ञप्ति भनिएको छ, ‘ विद्यमान हवाईसँग सम्बन्धी नीतिनियमको कडाईका साथ पालना गर्न, परिमार्जन र पुनः मूल्यांकन गर्न समेत अनुरोध गर्दछु ।’ दुर्घटनाको कारण पहिचान गर्न संघीय सरकारले गठन गरेको समितिले निकालेको निष्कर्ष ठोस र भविष्यमा यस्ता दुर्घटना दोहोरिन नदिन सजगता अपनाउन मार्ग निर्देशन गर्न सक्ने होस भन्दै सुझाव दिएका छन् । नगरप्रमुख महर्जनले यस्ता घटना हुन नदिन सरोकारवाला निकायबीच छलफल र सहकार्य गर्नुपर्ने समेत बताएका छन् । 

325116200_848355103134948_4352428696238250720_n1673880191.jpg
आइतबार  बिहान पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा ७२ जनाको मृत्युभएको थियो । 
दुर्घटनामा आफन्त गुमाएका नेपाली तथा विदेशी नागरिकका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उनले धैर्यधारण गर्ने शक्ति मिलोस् भन्दै कामना गरेका छन् । उनले दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जलि अपर्ण गरेका छन् ।

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  २०:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार