'ब्लाक बक्स’ आयोगले पाएपछि छानबिन सुरु

प्रतिवेदन बुझाउन ४५ दिनको समय
सोमबार, माघ २, २०७९

काठमाडौं । सोमवार बिहान फेला परेको यति एअरलाईन्सको ‘ब्लाक बक्स’ छानबिन आयोगले जिम्मा लिएपछि दुर्घटनाको कारण पहिचान गर्न सुष्म तरवले अवलोकन थालेको छ । आइतवार बिहान भएको बिमान दुर्घटनाको ‘ब्लाक बक्स’ सोमवार भेटिएपछि छानबिन आयोगलाई जिम्मा लगाइएको थियो । 
आयोगलाई दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन भनिएको छ । आयोगले ४५ दिन भित्र प्रतिवेदन सरकारलाई बुझाउनु पर्नेछ । 
नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार छानबिन समितिले सोमबारबाटै काम सुरु गरिसकेको छ । 
बिमान दुर्घटनामा ‘ब्लाक बक्स’ महत्वपूर्ण प्रमाण हुन्छ । ककपिटमा भएका कुराकानी तथा अन्य आवाजका लागि ‘ब्लाक बक्स’ले धेरै सुचना दिने गर्छ । ‘ब्लाक बक्स’लाई सबैभन्दा बलियो प्रमाण मानेर छानबिन गर्ने गरिन्छ ।
पोखरा बिमान दुर्घटनाको खवर लगत्तै आकष्मिक रुपमा बसेको मन्त्रिपरिषद बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो । आयोगमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला, सुनिल थापा, हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापालाई सदस्यका रुपमा राखिएको छ । आयोगको सदस्य सचिवमा भने संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । 
दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । 
आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार