४ जना बालबालिकाको शव अझै भेटिएन

सोमबार, माघ २, २०७९

काठमाडौं । पोखरामा आइतबार बिहान भएको यति एयरलाइन्सको विमान दुर्घटनामा भेट्न बाँकी शव ४ जना बालबालिका हुन् । ४ जना चालक दलका सदस्यसहित विमानमा सवार ७२ जनामध्ये हालसम्म भेटिएका सबै ६८ जना मृत घोषणा भइसकेका छन् । उक्त विमानमा दुई वर्षभन्दा मुनिका तीनसहित ६ जना बालबालिका सवार थिए ।
रेस्क्यु कोअर्डिनेसन सेन्टरका प्रमुख प्रेमनाथ ठाकुरले हालसम्म बच्चाको जस्तो देखिने एउटा मात्र शव भेटिएको बताए । ६८ जनाको शव आइतबार नै रिकभर भएको थियो । सशस्त्र प्रहरी बलको गोताखोर टोलीले बाँकीको खोजी गरिरहे पनि फेला पर्न सकेका छैनन् । फेला परेका शवलाई गण्डकी प्रादेशिक अस्पतालमा राखिएको छ ।
काठमाडौंबाट दुई जना फरेन्सिक चिकित्सकको टोलीलाई सोमबार पोखरा पठाइँदै छ। उनीहरुले फेला परेका शवलाई कसरी पहिचान र हस्तान्तरण गर्ने भन्ने निर्णय गर्नेछन् ।
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार