सेती खोंचमा खसेको विमानमा रहेका ३५ जनाको सनाखत 

सोमबार, माघ २, २०७९

पोखरा । आइतबार यति एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाउने ३५ जनाको शव सनाखत भएको छ । 
विमानमा सवार ७२ जनामध्ये ६८ जनाको शव पश्चिमाञ्चाल क्षेत्रीय अस्पताल लगिएको छ। बाँकी ४ जनाको खोजी कार्य जारी छ ।
पहिचान भएमध्ये पोखरा र आसपासका व्यक्तिको शव यहीँ आफन्तलाई बुझाउने गरी यहीँ नै पोष्मार्टम गरिने र काठमाडौँ लगिने शव काठमाडौँमा नै पोष्मार्टम गर्नेगरी तयारी गरिएको जानकारी दिइएको छ । 
चालक दलका सदस्यसहित केहीको शव काठमाडौँ ल्याइने
विमान दुर्घटनामा परी  निधन भएका विमान चालक दलका सदस्य, विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइने भएको छ ।  काठमाडौँ ल्याइने शवको हकमा काठमाडौँमै पोस्टमार्टम गरिनेछ । विमानका चालक दलका सदस्य तथा विदेशी नागरिक र काठमाडौँ घर भएकाहरुको शव काठमाडौँ ल्याइनेछ । शवको पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्जबाट तीन सदस्यीय विशेषज्ञ टोली पोखरा जादैछ । 
आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एटीआर–७२ विमान अवतरण हुनुअघि पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए । 
 

प्रकाशित मिति: सोमबार, माघ २, २०७९  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार