यती एयरलाइन्सको सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित

आइतबार, माघ १, २०७९

 

 

 

 

 

 

 

 

 

 

काठमाडौं । दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ ।

विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको ९एन–एएनसी एटिआर–७२ जहाज आज बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो ।

 

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १८:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार