४ जना अझै भेटिएनन्, खोजीमा सशस्त्र प्रहरीको गोताखोर र 'रोप रेस्क्यु' टोली

यती एयर दुर्घटना
आइतबार, माघ १, २०७९

काठमाडौं । सेती नदीको खोंचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ। ४ जना अझै भेटिएका छैनन् । बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा गोताखोर र रोप रेस्क्यु  गरि १५ जनाको टोली पोखरा पठाइएको छ ।

सेती नदीको खोचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनका अनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगि सकिएको छ ।

बाँकी मानिसको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । उद्धारको लागि क्रेनको प्रयोग गरिएको छ ।

प्रकाशित मिति: आइतबार, माघ १, २०७९  १८:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार