घनश्याम भुसाल आज एकीकृत समाजवादीमा प्रवेश गर्दै, महासचिव बन्ने 

शुक्रबार, पुस २९, २०७९

काठमाडौं । वामपन्थी नेता घनश्याम भुसाल आज नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्दै छन् । उनका लागि आज नेकपा एसले दिउँसो २ बजे पार्टी प्रवेश कार्यक्रम राखेको छ । नेकपा एसको सचिवालयका अनुसार भुसाललाई स्वागत गर्न शङ्खमूलस्थित होटल अर्यालमा कार्यक्रम राखिएको छ ।
शुक्रबार अपराह्न उनी आफू निकट केही एमाले कार्यकर्तासहित नेकपा एसमा प्रवेश गर्दै छन् । भुसाल निकट मानिएका अरविन्द सिंह, टङ्क कार्की, दीपकप्रकाश भट्टलगायत नेताहरू पनि आजै नेकपा एसमा प्रवेश गर्दै छन् ।
भुसाल तत्काल नेकपा एसको सचिवालय सदस्यमा मनोनीत हुने र केही समयपछि महासचिव बन्ने विषयमा दुवै पक्ष सहमत भएका नेकपा एसका नेताहरूले बताएका छन् । निर्वाचनमा एमालेबाट टिकट नपाएपछि भुसालले रुपन्देहीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन लडेका थिए । त्यसबेला उनलाई माओवादीले सघाएको थियो ।

प्रकाशित मिति: शुक्रबार, पुस २९, २०७९  ०८:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार