सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दिगो विकास तथा सुशासन समितिको १२० औं बैठक समितिका सभापति प्रकाश पन्थको सभापतित्वमा आज सिंहदरबारमा बसेको छ । समितिको आ.व.०७८-०७९ सम्मको निर्णय-निर्देशनको कार्यान्वयन अवस्थाको अध्ययन सम्बन्धमा र विविध कार्यसूचीमा समितिका सदस्यहरुको सहभागितामा बसेको समितिको बैठकमा समितिको स्थापना देखि आ.व. ०७८-०७९ सम्म समितिबाट भएका निर्णय-निर्देशनहरुको कार्यान्वयन अवस्थाको वारेमा अध्ययन गर्ने सम्बन्धमा र विविध विषयहरुमा छलफल भएको थियो ।
छलफलपछि राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १५२ को उपनियम (५) बमोजिम यस समितिबाट आ.व. ०७८-०७९ सम्म भएका निर्णयरनिर्देशनहरुको कार्यान्वयन अवस्थाको वारेमा अध्ययन गरी १ महिनाभित्र समिति समक्ष प्रतिवेदन पेश गर्न महेश कुमार महराको संयोजकत्वमा महेश कुमार महरा संयोजक, नन्दा चपाईं , शारदा देवी भट्ट सदस्य रहेको कार्यान्वयन अवस्था अध्ययन उपसमिति गठन गरेको छ । समितिको बैठक एवं काम कारवाहीलाई प्रभावकारी बनाउने सम्बन्धमा सभापति पन्थको संयोजकत्वमा कमला पन्त, जगप्रसाद शर्मा, तुलप्रसाद विश्वकर्मा, विमला घिमिरे, सिंगवहादुर विश्वकर्मा सदस्य रहेको परामर्श तथा सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको छ ।
समितिको बैठकमा समितिका सदस्यहरु कमला पन्त, कृष्ण प्रसाद पौडेल, जगप्रसाद शर्मा, नन्दा चपाई, नारायण प्रसाद दाहाल, भुवन बहादुर सुनार, महेश कुमार महरा, विमला घिमिरे, रमेशजंग रायमाझी, शारदा देवि भट्ट र सिँगबहादुर वि.क.ले बोलेका थिए ।