पर्यटक भित्र्याउन रणनीति बनाउँदै ललितपुर महानगरपालिका

आइतबार, पुस २४, २०७९

ललितपुर । ललितपुर महानगरले महानगरमा धेरै पर्यटक भित्र्याउने र लामो समय टिकाउने सन्दर्भमा छलफल गर्न पर्यटन विकास योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ । 
महानगरको उद्योग पर्यटन र संस्कृति पर्यटन समितिद्धारा आयोजित कार्यक्रममा वक्ताहरुले पर्यटनलाई ललितपुरमा धेरै समय टिकाउन नयाँ पर्यटकीय स्थलहरुको पहिचान गर्नुपर्ने बताए । 
उनीहरुले सामाजिक संजाल र अन्य डिजिटल प्लेटफर्मबाट पर्यटकीय स्थानहरुको प्रचारप्रसार व्यापक बनाउनुपर्ने धारणा राखे । पर्यटनविद् प्रचण्डमान श्रेष्ठले डिजिटल प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने बताए । उनले भने, ‘अमेरिकाबाट नेपाल घुम्न आउने पर्यटकले उही हुँदा नै म पाटन जान्छु, त्यहाँ केही दिन बिताउँछु भन्ने योजना बनाउनुपर्छ, त्यो अनुसारको प्रचारप्रसार गर्नुपर्छ ।’

323941843_904001900775015_4411465950962734432_n1673182008.jpg 
पर्यटकलाई ललितपुरका पर्यटनसम्बन्धी प्रचारसामग्रीले आकर्षित गर्नुपर्ने बताउँदै प्रचण्डमान श्रेष्ठले भने, ‘ पर्यटकलाई इमोस्नल ब्ल्याकमेलिङ पनि गर्नुपर्छ, कला, संस्कृति र सम्पदा हेर्न मात्रै उनीहरु आउँदैनन् ।’ 
नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठले पर्यटकहरु नेपाल कल्चर, एडभेन्चर र नेचर हेर्न आउने बताइन् । ललितपुरको पर्यटन संस्कृति र खानामा केन्द्रित भएको बताउँदै भनिन् , ‘नेवारी खाजा खान पाटन जाऔं भन्नेहरु धेरै भेटेको छु ।’ पर्यटकीय स्थलको ब्रान्डिङ र प्रचारप्रसार अत्यावश्यक भएको उनीलेप्रष्ट पारिन् । 

324497589_1553496305117277_5774755012594855275_n1673182008.jpg
पर्यटनविद् दिलेन्द्र राज श्रेष्ठले प्रचार प्रचारलाई व्यापक बनाउन सके ललितपुरमा धेरै पर्यटक भित्राउन सकिने बताए । उनले भने, ‘नेपाल पुगेपछि ललितपुर त जानैपर्छ भन्ने हिसाबले प्रचारप्रसार गर्नुपर्छ । ’ महानगरप्रमुख चिरीबाबु महर्जनले ‘पाटन सिटी डज नट स्लिप’को अवधारणा अनुसार महानगर अघि बढेको बताए । उनले भने, ‘ललितपुर महानगरपालिका कला नगरी हो, यहाँ पर्यटकले हेर्ने र रमाउने कुरा धेरै छन्, यो कार्यशालाले उपयुक्त सुझाव निकालोस् हामी कार्यान्वयन गर्छौ ।’ 

324458603_9110532129018563_6650654573171144003_n1673182043.jpg
उपप्रमुख मंजली शाक्यले ललितपुर महानगर पर्यटकीय दृष्टिले संभावना भएको ठाउँ भएको बताइन् । ललितपुर महानगर योजनाबद्ध ढंगबाट पर्यटकीय क्षेत्रको विकासका लागि अघि बढेको प्रष्ट पार्दै कार्यशालाको दिएको सुझाव अनुसार अघि बढ्ने बताइन् । समितिका संयोजक एवम् वडा नं. ५का वडा अध्यक्ष विकास मान श्रेष्ठले ललितपुर महानगरले ललितपुरमा धेरै पर्यटक भित्राउन र भित्रिएकालाई लामो समय टिकाउन योजना र नीति निर्माण गरिरहेको बताए । यस्ता गोष्ठी र छलफल निरन्तर आयोजना गरेर जतिसक्दो छिटो ठोस कार्यक्रम ल्याउने उनले बताए । कार्यक्रममा समितिका सदस्य राजेन्द्र श्रेष्ठले नेपालको अर्थतन्त्रमा कृषि र पर्यटनको भूमिका महत्वपूर्ण रहेको बताउँदै ललितपुर महानगरले यी दुई क्षेत्रलाई प्राथमिकतामा राखेको बताए ।

प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १८:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार