विभिन्न मन्त्रालय तथा निकायका ७ सचिवको सरुवा  

बिहीबार, पुस २१, २०७९

काठमाडौँ । सरकारले ७ सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ, वाणिज्य, अक्तियार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत निकायहरूका सचिवहरूको सरुवा गरेको हो ।
सिंहदरवार स्रोतका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव (वाणिज्य) तोयम रायालाई अर्थ सचिवमा ल्याइएको छ भने अर्थ सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ । वाणिज्य सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मधु मरासैनी गएका छन्  ।  यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव धनराज ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
सरकारले अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव रामेश्वर दंगाललाई अक्तियारमा पठाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार