सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । बिहीबार बसेको एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकले प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । तर, सरकारमा भने सहभागी नहुने उसले निर्णय गरेको छ । प्रचण्डले २६ पुसमा प्रतिनिधिसभाबाट विश्वासको मत लिने कार्यक्रम छ । २५ पुसबाट संघीय संसद्को अधिवेशन सुरु हुँदैछ । २६ पुसमा बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने व्यवस्था गरिदिने प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेका छन् ।
वाम एकताका लागि एकीकृत समाजवादीले गठन गर्यो कार्यदल नेकपा एसले वाम एकताको पहल गर्न कार्यदल गठन गरेको छ । बिहीबार पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालयको बैठकले पार्टी महासचिव वेदुराम भुसालको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा गंगालाल तुलाधर, प्रकाश ज्वाला र विजय पौडेल सदस्य छन् । पार्टी प्रवक्ता एवं पार्टी उपमहासचिव जगन्नथ खतिवडाका अनुसार कार्यदलले वामपन्थीहरूसँग छलफल गरेर वाम एकताको प्रयास गर्नेछ ।