Chhath Banner Chhath Banner
Chhath Banner Chhath Banner

कर्णालीमा ६ दिनभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान

बिहीबार, पुस २१, २०७९

काठमाडौं । प्रदेश प्रमुख तिलक परियारले कर्णालीमा ६ दिनभित्र सरकार गठनको दाबी पेस गर्न आह्वान गरेको छ । 
कर्णाली प्रदेश प्रमुखले जारी गरेको विज्ञप्ति अनुसार यही पुस २७ गते बुधबार साँझ ५ बजेभित्र दाबी पेस गर्नआह्वान गरेको हो ।  ज्ञिप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त गर्न आह्वान गरेको कर्णाली प्रदेश प्रमुख कार्यालयले जनाएको छ । 
कर्णाली प्रदेशसभामा ४० सांसद छन् । नेपाली कांग्रेसका १४, नेकपा (माओवादी केन्द्र)का १३, नेकपा एमालेका १०, राप्रपा, एकीकृत समाजवादी र स्वतन्त्र सांसद एक–एक रहेका छन् । सरकार गठनका लागि २१ सांसद आवश्यक पर्छ ।

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार