राष्ट्रिय सभाको रिक्त एक स्थानमा माघ २५ गते उपनिर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

बिहीबार, पुस २१, २०७९

काठमाडौं । मन्त्रिपरिषदको बैठकले राष्ट्रिय सभाको उपनिर्वाचन माघ २५ गते गर्ने निर्णय गरेको छ । बिहीवारको बैठकले उप निर्वाचनबारे निर्णय गरेको हो ।  राष्ट्रिय सभामा रिक्त रहेको एक सिटका लागि उपनिर्वाचन हुन लागेको हो । रुपन्देही–५ बाट प्रतिनिधि सभाको उम्मेदवारी दिएपछि एमालेका नेता खिमलाल भट्टराईको राष्ट्रिय सभाको पद गएको थियो । तर उनको उम्मेदवारी निर्वाचन आयोगले स्वीकृत भने गरेन । उक्त क्षेत्रमा एमालेकै बासुदेव घिमिरेको उम्मेदवारी कायम भएको थियो । 
निर्वाचन आयोगको टोलीले केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राष्ट्रिय सभा निर्वाचनबारे सरकारलाई परामर्श दिएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, पुस २१, २०७९  १४:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार