कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : प्रकाशशरण महत

बुधबार, पुस २०, २०७९

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कांग्रेसले विश्वासको मत नदिने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते संसद्मा विश्वासको मत लिँदै छन् । काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले कांग्रेस प्रतिपक्षमा बसेर एक्लै बहुमत ल्याउने तयारीमा लाग्ने स्पष्ट पारे । सानो पार्टीको बागडोरमा रहनुपर्ने निर्वाचन प्रणालीलाई आफूहरुले बहसको विषय बनाउने उनको भनाइ थियो ।
हालको अवस्थामा ‘सेट ब्याक’ भएजस्तो भएपनि आफूहरु अवसर निर्माण गर्न तर्फ लाग्ने उनले बातए। केन्द्रीय समितिमा कांग्रेस गठबन्धन कायम किन भएन भन्नेबारेमा बृहत् समीक्षा हुने प्रवक्ता महतले बताए ।
आफूहरु सशक्त प्रतिपक्षको भूमिकामा हुने भन्दै उनले तोडफोडमा नउत्रने बताए । ठूलो दल भएकोले आफूहरुको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो ।
‘प्रतिकूल अवस्थामा कांग्रेस गठबन्धन बनेको हो । निर्वाचनको बेला पनि गठबन्धन टुटाउने प्रयास भएको थियो । देउवाको ठाउँमा अरु भएको भए के हुन्थ्यो अहिले भन्नेबारे अहिले नै भन्न सकिन्न,’ उनले भने, ‘केन्द्रीय सम्पादन समितिको निर्णय नै कांग्रेसले सरकारको नेतृत्व गर्ने भन्ने थियो ।’ बालुवाटारमा पुस १० गते भनाभन भएको भन्ने कुरा सरासर कपोलकल्पित भएको उनले स्पष्ट पारे । 

प्रकाशित मिति: बुधबार, पुस २०, २०७९  १७:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार