राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगित

सोमबार, वैशाख २०, २०७८

सिन्धुली । जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण गर्ने कार्य स्थगन गरिएको छ । जिल्लाका विभिन्न स्थानमा कोरोना सङ्क्रमित भेटिएपछि सङ्क्रमण फैलन सक्ने भन्दै तत्कालका लागि राष्ट्रिय परिचयपत्र वितरण अभियान स्थगन गरिएको हो ।  विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आइतबार सिन्धुलीमाढीमा बसेको बैठकले अभियान रोक्न सिफारिस गर्ने निर्णय गरेको हो । परिचयपत्र वितरण गर्ने अभियान सञ्चालन भइरहेको सुनकोशी गाउँपालिका–५ मुलकोटमा कोभिड–१९ सङ्क्रमण देखिएकाले उक्त अभियान रोक्न सिफारिस गर्ने निर्णय गरिएको हो । बैठकले सबै स्थानीय तहमा कन्ट्याक्ट ट्रेसिङलाई बढाउन अनुरोध गर्ने, कोभिड अस्पतालको अक्सिजन प्लान्टलाई थप व्यवस्थित बनाउने तथा एपोलो अस्पतालमा गत वर्ष बनाइएको आइसोलेसन सञ्चालनमा ल्याउन कमलामाई नगरपालिका, स्वास्थ्य कार्यालय र सिन्धुली अस्पताललाई अनुरोध गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी न्यौपाने जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १४:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार