रामवीर मानन्धर र प्रभु साह एउटै पार्टीमा 

मंगलबार, पुस १९, २०७९

काठमाडौँ । निर्वाचनको मुखमा एमाले छाडेर रामवीर मानन्धर र प्रभु साह एउटै पार्टीमा सक्रिय हुने भएका छन् । पूर्वराज्यमन्त्री रामवीर मानन्धर प्रभु साहको अध्यक्षतामा गठित आम जनता पार्टीमा गएका छन् । लामो समयदेखि सहकार्यमा रहेका साह र मानन्धरबीच भेटघाट भएको हो ।
मिलेर पार्टी खोल्ने पूर्वसहमतिकै निरन्तरताको रुपमा मानन्धर अब आजपामा संगठित रुपमा नै अगाडि बढने बताइएको छ । २०७७ सालमा केपी ओली नेतृत्वको सरकारमा आजपा अध्यक्ष साह शहरी विकास मन्त्री हुँदा मानन्धर सोही मन्त्रालयमा राज्यमन्त्री थिए ।मानन्धर काठमाडौंँ –७ बाट २०७० को संविधानसभासभा सदस्य तथा २०७४ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।
साहलाई भने एमालेले टिकट दिएको थियो तर उनले एमालेको टिकट छाडेर रौतहटमा स्वतन्त्र उम्मेदवारी दर्ता गरी चुनाव जितेका हुन् । उनले निर्वाचनमा आफू निकटलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए । तिनै स्वतन्त्रहरूलाई साथ लिएर साहले आम जनता पार्टी गठन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १४:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार