Dashain Banner
Dashain Banner

नेपाल मानव अधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व वार्षिक समीक्षा

बिहीबार, पुस १४, २०७९

 ललितपुर  ।  पुस १३ गते इन्सेक ललितपुरको आयोजनामा नेपाल मानवअधिकार वर्ष पुस्तक– २०२३ प्रकाशन पूर्व समीक्षा कार्यक्रम पुस १३ गते सम्पन्न भएको छ । कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधि दीपकप्रसाद घिमिरेले जिल्लामा सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अभिलेख गरेका घटनाहरू प्रस्तुत  गरेका थिए  । जसमा बलात्कारका ४६ बलात्कार प्रयास ४, मानव बेचबिखन तथा ओसार पसारका एक, बहु बिवाह १५, आत्महत्या दुरुत्साहन एक, बाल यौन दुरुपयोगका सात, हत्याका ९, हत्या प्रयासका १५, घरेलु हिंसा मुद्दाका १ गरी ९९ ओटा घटना समेटिएको तथ्याङ्क प्रस्तुत  गरे   ।   प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य ललितपुर जिल्ला अदालतका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेय ललितपुर बार एशोसिएशनका अध्यक्ष अर्जुन महर्जन नेपाली कांग्रेस ललितपुरका सचिव वशिष्ठ अधिकारी नेकपा एमाले ललितपुर जिल्ला कमिटी उपसचिव तारा सञ्जेल जिल्ला प्रहरी परिसर जाउलाखेलका जिल्ला न्यायाधीवक्ता सुशीला ज्ञवाली जजभावना क्याम्पस प्रमुख रविन्स शर्मा गैर सरकारी संस्था महासंघका केन्द्रीय सदस्य टिकाराम दाहाल महासंघ ललितपुरका अध्यक्ष नरेन्द्र डंगोल महासंघका सचिव नन्दा ताम्राकार छोरीका लागि छोरी नै अभियानका अध्यक्ष बसुदा पाण्डे लगाएतले   मानवअधिकार सम्वन्धि धारणा  राखेका  थिए । 321409529_1103627030311131_5489602478355431352_n1672317005.jpg

प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  १७:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार