बाँकेमा आइतबार राति पाँच सङ्क्रमितको मृत्यु

सोमबार, वैशाख २०, २०७८

राँझा । बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको आइतबार राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।  उनका अनुसार भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–३ निवासी ५१ वर्षीय पुरुषको आज बिहान साढे तीन बजे, नेपालगञ्ज–१ निवासी ६६ वर्षीय पुरुषको ४ बजे र बढैयाताल गाउँपालिका–८ बर्दिया निवासी ४७ वर्षीय पुरुषको आज बिहान साढे ६ बजे मृत्यु भएको हो । यसैगरी शिक्षण अस्पताल कोहलपुरमा नेपालगञ्ज–५ निवासी ४८ वर्षीय पुरुषको आइतबार राति साढे ९ बजे र बैजनाथ गाउँपालिका–८ निवासी ६० वर्षीया महिलाको आज बिहान १ बजेर २० मिनेट जाँदा मृत्यु भएको थियो । योसँगै बाँकेका १३३ र बाहिरी जिल्लाबाट यहाँ उपचार गराउन आएका १२२ जनाको मृत्यु भएको स्रोत व्यक्ति वलीले जानकारी दिएका  छन् ।–रासस
 

प्रकाशित मिति: सोमबार, वैशाख २०, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार