सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर: काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षकै कम देखिएको छ । बुधबार बिहान आज बिहान ५ः४५ बजेको मापन अनुसार उपत्यकाको तापक्रम ३.४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानांगका अनुसार आज हिजो मंगलबार साँझ ५.४५ बजेको मापन अनुसार उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका भू–भागमा हुस्सु र कुहिरो लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । त्यसैगरीे प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रहेको छ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको कारण प्रदेश १ को हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यस्तै बिहानको समयमा देशको पश्चिम तराईका धेरै स्थानहरुमा साथै मध्य र पूर्वी तराईका थोरै स्थानहरुमा हुस्सु–कुहिरो लागिरहेको प्रधानाङ्गले बताए। उनका अनुसार मध्यान्हपछि मौसममा क्रमिक रूपमा सुधार हुँदै जाने संभावना रहेको छ । यसैबीच चिकित्सकहरुले चिसोबाट बच्न आवश्यक सुरक्षा र सतर्कता अपनाउन अनुरोध गरेका छन् ।