भारत आइपुग्यो साढे एक लाख रुसी स्पुतनिक भी खोप

आइतबार, वैशाख १९, २०७८

हैदराबाद । कोरोनाभाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोनाभाइरस विरुद्धको खोप सहयोग गरेको छ ।  रुसले कोरोनाभाइरस विरुद्ध आफैंले विकास गरेको स्पुट्नीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।  रुसले भारतलाई सहयोग स्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीले जानकारी दिएका छन् ।  रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाइ छ ।  खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो ।  भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकालाई स्पुट्नीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।  भारतमा योसँगै तीन ओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुई ओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो । भारतमा कोरोनाभाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सृजना भएको छ ।  महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोग प्रदान गरेका छन् ।– पिटिआई
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार