बूढानीलकण्ठ क्षेत्रका खाद्यान्न तथा तरकारी  पसलमा दुई पटक डिसइन्फेक्सन

आइतबार, वैशाख १९, २०७८

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नं  १० ले  कोभिड –१९ सङ्क्रमण  रोकथाम तथा नियन्त्रणका लागि दैनिक दुई पटक खाद्यान्न तथा तरकारी  पसल डिसइन्फेक्सन अभियान शुरु गरेको छ । निषेधाज्ञाको  समय ख्याल गर्दै बिहान–बेलुकी वडाका खाद्यान्न तथा तरकारी  पसल दिनमा  दुई पटक डिसइन्फेक्सन गर्न थालिएको हो । एक पटक कुनै पनि खाद्यान्न तथा तरकारी पसल डिसइन्फेक्सन गर्दा स्थान ६ घण्टासम्म डिसइन्फेक्सन बनाउन सकिन्छ । बुनपा–१० क्षेत्रमा निषेधाज्ञाका समयमा खाद्यान्न तथा तरकारी पसल बिहान ६ देखि १० बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म दिनमा दुई पटक मात्र खुल्छ ।  अभियानको उद्देश्य  जनमानसलाई सुरक्षित स्थानमा दैनिक उपभोग्य सामग्री खरीद गर्ने वातावरण निर्माणसँगै आफ्नो घर तथा वरिपरिका क्षेत्रमा पनि डिसइन्फेक्सन गर्न वडाबासीलाई सुसूचित गरी नागरिक सचेतना अभिवृद्धि गर्ने मुख्य लक्ष्य रहेको बुनपा–१० का वडाध्यक्ष नवराज भट्टराईले बताए ।  सो अभियानका लागि  स्वयंसेवकका दैनिक पाँच समूह परिचालन गरिएको छ ।  सो  कार्यमा  नारायणचोक युवा क्लब र एनएच आरसिएनलगायत विभिन्न सङ्घसंस्थाका स्वयंसेवक संलग्न छन् ।–रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार