संविधानसभा सदस्य रबनी चौधरीको कोरोनाका कारण मृत्यु 

आइतबार, वैशाख १९, २०७८

गोदावरी । कैलालीमा कोरोना भाइरसको सङ्क्रमणबाट तत्कालीन संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ ।   धनगढीस्थित नवजीवन अस्पतालमा उपचाररत चौधरीको  आज अपराह्न मृत्यु भएको हो । कलेजो र मिर्गौला रोगले पीडित चौधरीलाई  शनिबार अस्पताल भर्ना गरिएको थियो ।  कोरोना परीक्षण गराउँदा  रिपोर्ट पोजेटिभ आएको थियो । एक्कासि स्वास्थ्यमा देखिएको गम्भीर समस्याका कारण उनको  निधन भएको उनका  श्रीमान् मोतीलालले बताए । कैलालीको लम्कीचुहा नगरपालिका–६ बागमारा निवासी ४४ वर्षीया चौधरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट २०७० सालको संविधानसभा सदस्य थिए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार