Dashain Banner
Dashain Banner

समाजवादी ट्रेड युनियन महासंघको घटक संगठनहरुको भेला सम्पन्न 

शनिबार, पुस २, २०७९

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघ अन्तरगतको गण्डकी प्रदेश स्तरीय निर्माण तथा यातायात श्रमिक संगठनको प्रथम संयुक्त भेला सम्पन्न भएको छ ।  पोखरामा शनिबार सम्पन्न भेलाले भुवन भट्टराईको अध्यक्षतामा १७ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी निर्माण श्रमिक संगठन गठन गरेको छ । 
त्यसैगरी कुमार श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय गण्डकी प्रदेश स्तरीय समाजवादी यातायात श्रमिक संगठनको गठन भएको छ । 

318600838_908437820589837_6796671000176030753_n1671277282.jpg
सोही अवसरमा केशव थापाको अध्यक्षतामा समाजवादी ट्रेड युनियन महासंघको कास्की जिल्ला समिति गठन भएको छ । 
जनता समाजवादी पार्टी, नेपालका राजनीतिक समिति सदस्य धनप्रसाद तामाङको प्रमुख आतिथ्यता, समाजवादी ट्रेड युनियन महासंघका गण्डकी प्रदेश इन्चार्ज झलक पौडेलको विशेष आतिथ्यतामा सम्पन्न भेलाको अध्यक्षता महासंघका प्रदेश अध्यक्ष भीम मगरातीले गरेका थिए । 

318759433_1101306073914276_4008406047933585407_n1671277319.jpg
निर्वाचन सम्पन्न भएसंगै समाजवादी ट्रेड युनियन महासंघले संगठन विस्तारको कामलाई तिव्रता दिएको महासंघका केन्द्रीय अध्यक्ष अर्जुन लम्सालले जानकारी दिएका छन् । 

318803881_1198702227746333_1003670014398959449_n1671277396.jpg

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार