ज्यापू समाज यलद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान

विकासमा होमिने प्रतिबद्धता 
शुक्रबार, पुस १, २०७९

ललितपुर । ज्यापू समाज यलले ललितपुर जिल्लाका तीनैवटा निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा  र प्रदेशसभामा निर्वाचित भएका जनप्रतिनिधिलाई सम्मान गरेको छ । 
निर्वाचित जनप्रतिनिधिलाई सगुन दिनुका साथै सम्मानपत्र प्रदान गरिएको थियो । उनीहरुलाई ज्यापू समाज यलका अध्यक्ष तीर्थलाल महर्ज, पूर्व अध्यक्ष चन्द्र महर्जनले सम्मानपत्र प्रदान गरे । 
ललितपुर क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्य उदयशमशेर राणाले ज्यापू समाज बलियो र क्रियाशिल संस्था भएको बताए । ज्यापू समाज एउटा संस्था भएपनि सरकारले गर्नुपर्ने काम गरेको उनले बताए । संस्कृति संरक्षणसँगसँगै विकास निर्माणको काममा समेत ज्यापू समाज सक्रिय रहेको उनको भनाइ थियो ।  

chi1671169648.jpg
ललितपुर क्षेत्र नं.२ का प्रतिनिधिसभा सदस्य प्रेमकृष्ण महर्जनले ज्यापूसमाजले गरेका प्रत्येक क्रियाकलापले समाज लाभान्वित भएको बताए । संस्कृति संरक्षणमा ज्यापू समाजको भूमिका महत्वपूर्ण भएको उनले प्रष्ट पारे । 
ललितपुर क्षेत्र नं. २ प्रदेश खका रामकृष्ण चित्रकारले सम्पदा, संस्कृतिसँगसँगै पहिचान संरक्षणका लागि ज्यापू समाजको भूमिका महत्व रहेको दाबी गरे । 
ललितपुर क्षेत्र नं १ प्रदेश कका मधुसुदन पौडेलले मौलिक संस्कृति संरक्षणमा ज्यापू समाजको भूमिका अग्रणी रहेको प्रष्ट पारे । ज्यापू समाजको विकासका लागि सक्दो सहयोग गर्ने बताए । 
ललितपुर ३ प्रदेश खका प्रेमभक्त महर्जन, ललितपुर  ३ प्रदेश कका रघुनाथ महर्जनले संस्कृति, सम्पदा संरक्षणमा ज्यापू समाजको योगदानको बारेमा चर्चा गरेका थिए । 

uda1671169664.jpg
ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले ज्यापूले ललितपुरको बागडोलमा स्थापना गरेको आनन्द निकेतन वृद्धाश्रम संचालनका लागि संयुक्त पहल अत्यावश्यक भएको बताए । संस्कृति र सम्पदा संरक्षणमा ज्यापू समाजको भूमिका महत्वपूर्ण रहेको दाबी गरे । 
ज्यापू समाजका अध्यक्ष तीर्थलाल महर्जनले ज्यापूसमाजले समाजको सबै तह र तप्काको संरक्षण र विकासका लागि काम गरेको बताए । उनले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई जनमुखी काम गर्न अनुरोध गरे ।

प्रकाशित मिति: शुक्रबार, पुस १, २०७९  ११:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार