सोसल मिडिया
Contact Us
युनिकोड
पर्वत । पर्वतको कुश्मा नगरपालिका– ३ की ४० वर्षिय कुमारी वि।कलाई हत्या गरेको आरोपमा पति ४१ वर्षिय श्यामुबहादुर वि। कलाई जिल्ला प्रहरी कार्यालय पर्वतले मङ्सिर २७ गते गिरफ्तार गरेको छ । मङ्सिर २३ गते वि। क आफ्नै घरमा मृत अवस्थामा भेटिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा मङ्सिर २७ गते पति श्यामुबहादुर वि। कलाई गिरफ्तार गरी कर्तव्य ज्यान मुद्धा अन्तर्गत अनुसन्धान थालेको हो । मृतक महिलाका माइती पक्षले पति श्यामुबहादुर वि।कको नाममा मङ्सिर २३ गते नै किटानी जाहेरी दिएका थिए । सोही किटानी जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्वतका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए । मृतक महिलाको शव पर्वत अस्पतालमा मङ्सिर २३ गते नै पोष्टमार्टम गरी दाहसंस्कार गरिएको छ, भने आरोपितलाई मङ्सिर २७ गते स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको छ ।