जनशक्ति अभाव भएपछि अध्ययन बिदाका स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन, 'दरबन्दीमै गएर उपचारमा खट्'

आइतबार, वैशाख १९, २०७८

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन बिदामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दी भएको स्वास्थ्य संस्थामा गएर काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढेपछि उपचारको व्यवस्थापन गर्न तिनलाई  काम गर्न निर्देशन दिएको हो ।  मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार आज मन्त्रालयमा बसेको बैठकले अध्ययन बिदामा रहेका र हाल अध्ययन नभएका अवस्थामा रहेका सबै स्वास्थ्यकर्मीलाई आआफ्नो दरबन्दीअनुसार स्वास्थ्य संस्थामा गई काम गर्न निर्देशन दिने निर्णय गरेको छ ।   मन्त्रालयले विभिन्न चिकित्सा विधामा अध्ययरत सबै विद्यार्थीलाई पनि कोभिड–१९ को रोकथाम र नियन्त्रणमा खटाउने निर्णय गरेको छ ।  ती विद्यार्थीलाई अध्ययन गराउने सम्बन्धित विश्वविद्यालय तथा कलेजले आवश्यकतानुसार आफ्नै वा अन्य अस्पतालमा खटाउने उनले जानकारी दिए ।–रासस
 

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार